बाजुरा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

  • ख-
  • ख+

बाजुराको मेला केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भुइँचालो गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार दिउँसो २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो ।

पश्चिम नेपालको नेपालगञ्ज, बझाङ, कैलाली, बाजुरालगायतका ठाउँमा भूकम्पको धक्का महसुस भएको थियो ।

बाजुराको बडिमालिका नगरपालिका वडा नं ७ एउटा घर भत्केको डीएसपी सूर्य थापाले बताए । भौतिक र मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?