गरिव तथा जेहन्दार विद्यार्थीलाई सुनारद्धारा स्विटर हस्तान्तरण

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. १० सेवरको श्री सर्वज्योति माध्यमिक विद्यालयका गरिव तथा जेहेन्दार बिद्यालयलाई स्विटर वितरण गरिएको छ । व्यास २ दमौलीमा रहेको निरज फेशन गार्मेन्टका व्यास २ का प्रोपाईटर तुल बहादुर सुनारले ३५ थान स्विटर उपलब्ध गराउनु भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सेनाको सभापतित्वमा भएको कार्यक्रममा व्यास नगरपालिका वडा नं.१० का अध्यक्ष तुलसीराम सापकोटाले समाजमा दानीहरुले गरेको कामले नै मानवता बाँकि रहेको भान भईरहेको बताउनुभएको थियो । कार्यक्रमका सभापति मदन तिमल्सेनाले बिद्यालयलाई राम्रो बनाउन सबैको पहल आवश्यक पर्ने र सुनार जस्ता व्यक्तिको सहयोगले अझ उर्जा मिल्ने बताउनुभएको थियो ।
कार्यक्रममा बिद्यालयका पूर्व प्रधानाध्यापक अमृत पन्तले स्वागत मन्तव्य राख्दै जाडोको समयमा सुनारले स्विटर उपलब्ध गराएर विद्यालयलाई ठुलो गुन लगाएको बताउनुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य ईश्वर पौडेलले पनि सहयोगको लागि सुनारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?