उपेन्द्र यादवविरुद्ध जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच गठबन्धन

  • ख-
  • ख+

काठमाडौं । लोसपा नेपाल, जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा कार्यगत एकताको निम्ति सहमति भएको छ ।

सहमति पत्रमा तीन वटै दलका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् ।

तीन दलको यो सहमतिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीविरुद्ध मोर्चाबन्दीको सन्देश दिएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि पनि जसपा र जनमत पार्टीबाट उम्मेदवारी दर्ता भएको छ । यद्यपि दुवै दल १० दलीय गठबन्धनमा सहभागी छन् ।

जसपाबाट दुईजनाले उम्मेदवारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?