जसपाका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित

  • ख-
  • ख+

रमेश पौडेल । काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
आज भएको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित विजयी हुनुभएको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका पार्टीको समर्थनमा उमेदवार बन्नुभएका यादवको अन्य ३ जना उमेदवारसग प्रतिष्पर्धा भएको थियो । उपराष्ट्रपतिकी अर्की प्रतिष्पर्धी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मतभार प्राप्त गर्नुभएको थियो । यादवले संघीय सांसदको १८४ र प्रदेशसभाका ३२९ सदस्यको मत पाउनुभएको थियो भने शाक्यले संघिय संसद १०४ र प्रदेशसभातर्फ १६९ सदस्यको मत प्राप्त गर्नुभएको थियो ।
उक्त निर्वाचनमा जनमत पार्टीकी ममता झाले संघमा २३ मत र प्रदेशमा १५ र पाउँदा २५३७ मतभार पाउनुभएको थियो ।

रामसहायलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाउनुभएकी जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मतसहित ४८ मतभार पाउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्