काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिनुभएको छ । सरकारमा मन्त्रालयको भागबन्डामा चित्त नबुझेपछि उहाँले राजीनामा दिनुभएको हो ।
उहाँले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई खानेपानीमन्त्रीबाट राजीनामा बुझाउनुभएको हो ।
जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालय मागिरहेको थियो । तर, अहिले मन्त्री परिषद् बिस्तार हुदाँपनि खानेपानी मन्त्रालय नै दिने भएपछि उहाँले राजीनामा दिनुभएको हो ।