आँबुखैरेनीमा भएको मोटरसाइकल दुर्घटनामा लम्जुगंका सन्तोष गुरुगंको मृत्यु

  • ख-
  • ख+

तनहूँ । सवारी दुर्घटनामा मोटरसाइकल चालक लम्जुगंका सन्तोष गुरुगंको मृत्यु भएको छ । आज करिब २ः ५० को समयमा तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ पावरहाउस स्थित पृथ्वी राजमार्गमा भएको दुर्घटनामा घाईते गुरुगंको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको हो ।
मुग्लिङबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ९४०२ नं. को बस र बिपरीत दिशाबाट जादै गरेको ग २२ प ९८२६ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला लम्जुङ दुधपोखरी गाउँपालिका वडा नं. ५ बस्ने ३० वर्षका सन्तोष गुरुङ र पछाडि सवार उक्त स्थानमै बस्ने ३५ बर्षका भिमसेन गुरुङ सख्त घाईते भएकोमा घाईते मध्ये मोटरसाइकल चालक सन्तोष गुरुङको उपचारको क्रममा ४.४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।
घाईते भिमसेन गुरुङको सोही अस्पतालमा उपचार भईरहेको, बस चालक नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्