एउटा नयाँ सर्वेक्षणमा बहुसङ्ख्यक इराकीहरूले अमेरिकी आक्रमणपछि देशको अवस्था खराब भएको बताएका छन्। अमेरिकाले सन् २००३ मा इराकमाथि हमला गरेको थियो।
तेलको धनी यो मध्यपूर्वी राष्ट्रमा राष्ट्रपति सद्दाम हुसेन सत्ताच्युत भएको २०औँ वार्षिकोत्सव मनाइँदै गर्दा यस्तो सर्वेक्षणको प्रतिवेदन आएको हो।
गैरनाफामुखी विश्वव्यापी सर्वेक्षण संस्था ग्यालप इन्टरन्याश्नलले इराकका १८ वटै प्रशासकीय क्षेत्रका २,०२४ जना वयस्क मानिससँग सन् २०२३ को फेब्रुअरीमा प्रत्यक्ष भेटेर सर्वेक्षण गरेको थियो।
अमेरिकी आक्रमणअघि र अहिलेको देशको अवस्था तुलना गर्न भनिएकोमा ६० प्रतिशतले अवस्था थप खराब भएको बताएका थिए भने ४० प्रतिशतले मात्रै सुधार भएको बताएका थिए।
सन् २००३ पछि इराकको बहुसङ्ख्यक शिया अरब समुदाय राजनीतिक रूपमा शक्तिशाली भएको छ। त्यसबाट सुन्नी, अरब कुर्द र अन्य अल्पसङ्ख्यक समुदायहरू असन्तुष्ट बनेका छन्।
सन् २००३ पछि इराकको बहुसङ्ख्यक शिया अरब समुदाय राजनीतिक रूपमा शक्तिशाली भएको छ। त्यसबाट सुन्नी, अरब कुर्द र अन्य अल्पसङ्ख्यक समुदायहरू असन्तुष्ट बनेका छन्।
यद्यपि सर्वेक्षणले इराकमा भएको प्रगतिका सङ्केतहरू पनि देखाएको छ।
सर्वेक्षणमा तीनमध्ये एक सहभागीले मात्रै अहिलेको इराकलाई “गरिब” राष्ट्र भनेका छन्।
ग्यालप इन्टरन्याश्नलले सन् २००३ मा आफूले गरेको सर्वेक्षणको अभिलेख हेर्दा यही प्रश्नमा तीनमध्ये दुईजना इराकीले देश गरिब भएको बताएका थिए।
अनबर प्रान्तका ४५ वर्षीय एक व्यक्तिले सर्वेक्षण टोलीलाई देशको अवस्था सुधार भएको वा झन् खराब भएको छुट्टाउन कठिन भएको बताए।
“परिवर्तनले आशा जगाउँछ र हामी विगत बिर्सिन खोज्छौँ। अर्थतन्त्र सुधार भएको हुनसक्छ तर उत्पादन र सुरक्षा खस्किएको छ,” उनले भने।
यद्यपि सर्वेक्षणले इराकमा भएको प्रगतिका सङ्केतहरू पनि देखाएको छ।
सर्वेक्षणमा तीनमध्ये एक सहभागीले मात्रै अहिलेको इराकलाई “गरिब” राष्ट्र भनेका छन्।
ग्यालप इन्टरन्याश्नलले सन् २००३ मा आफूले गरेको सर्वेक्षणको अभिलेख हेर्दा यही प्रश्नमा तीनमध्ये दुईजना इराकीले देश गरिब भएको बताएका थिए।
अनबर प्रान्तका ४५ वर्षीय एक व्यक्तिले सर्वेक्षण टोलीलाई देशको अवस्था सुधार भएको वा झन् खराब भएको छुट्टाउन कठिन भएको बताए।
“परिवर्तनले आशा जगाउँछ र हामी विगत बिर्सिन खोज्छौँ। अर्थतन्त्र सुधार भएको हुनसक्छ तर उत्पादन र सुरक्षा खस्किएको छ,” उनले भने।
अमेरिकाले इराकसँग आमविनाशकारी अस्त्र (डब्ल्यूएमडी) रहेको आशङ्कामा सन् २००३ मा आक्रमण गरेको थियो। आक्रमणको अर्को कारणमा अमेरिकाले सद्दाम हुसेनको सत्ताले विश्व सुरक्षामा चुनौती सिर्जना गरेको दाबी गरेको थियो।
तर डब्ल्यूएमडीको कुनै पनि प्रमाण भने फेला परेन। बरु युद्धका कारण दशौँ हजार इराकीले ज्यान गुमाए र देशमा अस्थिरता लम्बियो।
अमेरिकाले युद्धको औचित्य पुष्टि गर्ने कोसिस गरे पनि कैयौँ इराकीहरू युद्धको वास्तविक उद्देश्यबारे अझै शङ्का गर्छन्।
झन्डै ५१ प्रतिशत इराकीहरू अझै पनि अमेरिकाले आफ्नो देशको स्रोतसाधन चोर्न आक्रमण गरेको ठान्ने सर्वेक्षणले देखाएको छ।
यस्तो भावना देशको दक्षिणपूर्वी प्रशासकीय क्षेत्रहरू र अनबर प्रान्तमा धेरै छ। यी क्षेत्रहरू तेल र ग्यासको स्रोतमा सम्पन्न छन्।
सर्वेक्षणमा सहभागी २९ प्रतिशतले मात्रै अमेरिकी आक्रमण सद्दाम हुसेनलाई पदबाट हटाउन गरिएको ठानेका छन्।
धेरै कम मानिसहरूले ठानेका अन्य कारणहरूमा अमेरिकी रक्षा ठेकेदारको हित सुनिश्चित गर्न, आतङ्कवादविरुद्ध लड्न र इराकमा प्रजातन्त्र ल्याउन आदि छन्।
अमेरिका नेतृत्वको आक्रमण सुरु भएपछि विभिन्न सम्प्रदायका लडाकु समूहरू सक्रिय भए।
इराकको ६० प्रतिशत जनसङ्ख्या ओगट्ने शिया मुस्लिम समुदाय सद्दाम हुसेनको शासनकालमा दमनमा परेको थियो।
यहाँको युद्धमा इरानको पनि चासो थियो।
अमेरिकी सैन्य उपस्थितिका पक्षमा केही इराकी
मताधिकारबाट समेत वञ्चित गरिएको उत्तरी भेगमा बसोबास गर्ने सुन्नी समुदायको पनि सहयोग पाएको इस्लामिक स्टेट स्थापना भएपछि इराकको भूमि रक्षाका लागि सन् २०१४ मा नयाँ युद्ध सुरु भयो।
त्यस बेला अमेरिका र उसका सहयोगी देशहरूबाट ठूलो सैन्य सहयोग लिएर इराकी सरकार सन् २०१८ मा आईएसलाई पाखा लगाउन सफल भयो। त्यसयता भने यो इराकमा पुनः स्थिरताको सङ्केत देखिन थालेको ठानिन्छ।
सर्वेक्षणका अनुसार आफ्नो देशमा अमेरिकी संलग्नताको विषयमा इराकीहरूको मत विभाजित छ। यो देशमा सन् २००७ मा बढेर १,७०,००० पुगेको अमेरिकी सैनिकहरूको उपस्थिति सङ्ख्या अहिले पनि २,५०० हाराहारी छ।
देशको दक्षिणी क्षेत्रमा बसोबास गर्ने मानिसहरूले अमेरिकी सैनिकहरू आफ्नो देशबाट तत्काल फिर्ता जानुपर्ने मत सर्वेक्षणमा राखेका छन्।
तर कुर्दिस्तानसहितका उत्तरी क्षेत्रमा बसोबास गर्नेहरूले भने निश्चित हदसम्मको अमेरिकी सैन्य उपस्थिति आवश्यक रहेको मत राखेका छन्।
सर्वेक्षणमा भाग लिएका इराकको शिया समुदायका ७५ प्रतिशत मानिसहरूले अमेरिकी गठबन्धन सैनिकको इराक आगमनलाई खराब भनेका छन्। उनीहरू आफ्नो राजनीतिक र सुरक्षा सहयोगीको रूपमा रुसलाई समर्थन गर्छन्। तेहरान र मस्कोबीचको निकट सम्बन्धका कारण यो अस्थिर क्षेत्रका मानिसहरूको यो धारणा कुनै अनौठो होइन।
चीनको बढ्दो प्रभाव
परम्परागत रूपमा अमेरिकी सुरक्षा छाताभित्र रहेको यो मध्यपूर्व क्षेत्रमा पछिल्ला वर्षहरूमा चीनले आर्थिक रूपमा राम्रो स्थान बनाएको छ।
बेइजिङको मध्यस्थतामा हालै इरान र साउदी अरबबीच सम्बन्ध सुधारको घोषणा भएको छ र दुवै देशले कूटनीतिक सम्बन्ध पुनर्स्थापना गर्ने सहमति गरेका छन्।
सर्वेक्षणमा सहभागिता जनाएका ४७ प्रतिशत इराकीहरूले स्वदेशमै रहेर नयाँ देश बनाउन चाहेका छन् भने २५ प्रतिशत अर्थात् चार जनामध्ये एक जना देश छोडेर जान चाहन्छन्।
आफ्नो नाम उल्लेख नगरेका एक व्यक्तिले सर्वेक्षणमा भनेका छन्ः “विशेषतः बाग्दादमा बसोबास गर्ने युवाहरूको बढ्दो सङ्ख्याले आफ्नो भविष्य देशबाहिर राम्रो देख्न थालेका छन्।”
नयाँ पुस्ता र देशको भविष्य
उमेरगत हिसाबमा हेर्ने हो भने यसको छुट्टै कथा छ। अठार देखि २४ वर्ष उमेर समूहका तीन जनामध्ये एक इराकी देशबाहिर जान चाहन्छन्। यसको दोष देशको राजनीतिक वर्ग र लामो समयदेखि जरा गाडेको भ्रष्ट्राचारप्रति जान्छ।
तर इराकको जटिल अवस्थालाई तथ्याङ्कमा मात्रै हेर्न सकिँदैन। दशौँ लाख इराकीहरूले विगत दुई दशक सङ्कटमा बिताएका छन्।
यद्यपि विगतको बोझ विरासतमा लिएर हुर्कँदै गरेको नयाँ पुस्ताले देशको भविष्यमा राम्रो प्रगति गर्ने प्रयास गरिरहेको छ।
इराकी जनसङ्ख्याको ४० प्रतिशत हिस्सा १५ वर्षमुनिका बालबालिकाको छ। यो युवा पुस्ता आर्थिक सुरक्षा र रोजगारीको अवसरसँगै शान्ति र स्थायित्वलाई प्राथमिकता दिन्छ।
इराकी नेताहरू र अन्तर्राष्ट्रिय साझेदारहरूले यो चुनौतीलाई सँगसँगै सामना गर्नेछन्।
(नोटः सर्वेक्षणको एरर मार्जिन (२।२ प्रतिशत छ। यो सर्वेक्षणले विशेष लिपि प्रयोग गरेर अन्तर्वार्ता लिइने मानिसहरूको छनोटलाई अनियमित बनाउनुका साथै संवेदनशील प्रश्नहरूमा दिइएका उत्तरबारे पुनः परीक्षण गरिएको थियो। सर्वेक्षणका लागि खटिएका ५० प्रतिशत कर्मचारी महिला थिए र उनीहरूले महिलाहरूकै अन्तर्वार्ता गरेका थिए।)
(साभारः बिबिसि नेपाली)








