निर्वाचनको तयारीमा जुट्दै निर्वाचन आयोग

  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरि ताजा जनादेशको लागि निर्वाचनमा जाने घोषण गरेसगै नेकपा विभाजित भएको छ । नेकपा ओली पक्ष सरकारको नेतृत्व गरिरहेको छ भने अर्को पक्ष प्रतिनिधिसभाको पुर्नस्थापनाको माग राख्दै सडमकमा छ, प्रमुख राजनितिक दलहरुले प्रधानमन्त्री ओलीको कदम गैर संवैधानिक भनेपनि निर्वाचका बारेमा प्रष्ट धारणा राखिसकेका छैनन् । प्रतिनिधिसभा पुर्नस्थापनाको मुद्धा सर्वोच्च अदातलमा विचाराधिन रहको अवस्थामा निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ र ‘मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत गरेको छ ।
मतदाता नामावली तयारीसँगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणको काम पनि गर्नुपर्ने भएकाले अन्तिम मतदाता नामावली प्रकाशन गर्नु अगावै मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम स्वीकृत गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
सरकारले २०७८ साल वैशाख १७ र २७ गते सोमबार दुई चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणा गरिसकेको छ । आयोगबाट उक्त निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया शुरु भइसकेको छ । स्वीकृत कार्यक्रमअनुसार यही पुस २३ गतेदेखि जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य प्रारम्भ हुनेछ ।
आयोगका अनुसार उक्त कार्यका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समिति रहनेछ । समितिले उक्त कार्य आगामी माघ १७ गतेसम्म सम्पन्न गर्ने गरी कार्यतालिकासमेत स्वीकृत गरिएको छ । उक्त सिफारिस समितिमार्फत मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम सञ्चालन हुने भएकाले त्यसमा सहयोग पुर्याउन सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालासँग आयोगले अपिल गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्