राप्रपाका अध्यक्ष कमल थापा तनहूँ आउदै

  • ख-
  • ख+

रमेश पौडेल । तनहूँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरि देशलाई मध्यावधि निर्वाचनमा लैजाने निर्णय गरेपछि हौसिएको पार्टी हो राष्ट्रिय प्रजातन्त्र पार्टी । प्रधानमन्त्रीको कदमलाई स्वागत गर्दै हिन्दुराष्ट्र संवैधानिक राजतन्त्र सहित विभिन्न मागहरु अगाडि सारेको उक्त पार्टीले देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गरिरहेको छ त्यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एबम पुर्व उपप्रधानमन्त्री कमल थापा पुस २४ गते शुक्रवार तनहूँ आउदै हुनुहुन्छ ।
दुई राप्रपा एकीकरणपछि तनहूँको सदरमुकाम दमौलीस्थित उद्योग बाणिज्य संघको हलमा आयोजना गरिन लागिएको कार्यक्रममा पार्टीको झन्डोत्तलन र चुनाव चिन्ह अनावरण गर्ने मुख्य कार्यक्रम रहेको छ साथै उक्त कार्यक्रममा नेकपा र नेपाली कांग्रेसले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्ष नअपनाएर ठुलो भुल गरेको सोच्ने उक्त पार्टीका ठुलो संख्यामा नेता कार्यकर्ताहरु पनि पार्टी प्रवेश गर्न सक्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य राजेन्द्र अधिकारीले बताउनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि थापाले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको बुधवार पार्टीको छलफलमा सहभागीराष्ट्रिय प्रजातन्त्र पार्टी तनहूँका निवर्तमान अध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्