दलहरुले नेपालमा ईतिहासमै नभएको बेथिति र लुटतन्त्र मच्चाएका छन् : राप्रपा अध्यक्ष कमल थापा

  • ख-
  • ख+

तनहूँ । आफुलाई राजतन्त्र र हिन्दु राष्ट्रको हिमायति दावि गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको तनहूँ जिल्ला कार्य समितिको आयोजनामा शुक्रवार झण्डोतोलन तथा चुनाब चिन्ह अनाबरण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री कमल थापा उक्त कार्यक्रमको प्रमुख अतिथि रहनुभएको थियो । उक्त अवसरमा वहाँले अहिलेको समयमा राजनितिक दलहरुले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाईरहेको र यस किसिमको बेथिति र भ्रष्टाचार नेपालको ईतिहास कहिल्यै भएकै थिएन बिदेशी शक्तिहरुको ईशारामा दलहरुले एकताका प्रतिक राजतन्त्र , नेपालीको पहिचान हिन्दुधर्ममाथि प्रहार गरेर देशलाई तहश नहश बनाएको बताउनुभएको थियो साथै वहाँले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्दा अहिले धेरै पार्टीहरु सर्वसत्तावाद जन्म्यो भनेर कराएको वास्तवमा वहाहरुले आँप रोप्यौ भनेर जनतालाई झुक्याएर धतुरो रोप्नुभएको थियोे अहिले धतुरो फल्यो भनेर हुन्छ रोएर हुन्छ ? भनेर प्रश्न गर्नुभएको थियो । मतन्व्यकै क्रममा वहाँले तनहूँ जिल्लाकै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि संविधानसभामा ल है कमल जी हिन्दुराष्ट्र छोड्नुहुन्न भन्नुहुन्थ्यो तर पछि कांग्रेसले पनि दरोसग पाईला टेकेन भन्नुभएको थियो । कार्यक्रममा वहाँले नेपालका कांग्रेस र कम्युनिष्टले जनतालाई नचाहिदो सपना देखाएर भ्रमित बनाई देशको अमुल्य समय बर्वाद बनाईरहेको बताउनुभएको थियो ।

कार्यक्रममा पुर्व मन्त्री दुर्गा श्रेष्ठ, केन्द्रीय सदस्य गौमाया श्रेष्ठ , पार्टी नेता सोमबहादुर गुरुङ , केन्द्रीय सदस्य राजेन्द्र अधिकारी, ,लमजुङ जिल्लाका पुर्व पार्टी सभापति हेमजंग गुरुङ लगायतले हिन्दु राष्ट्र र राजसंस्था गएपछि देश झन् अधोगतिमा गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी तनहूँका अध्यक्ष विनोद घर्तिको सभापतित्वमा भएको कार्यक्रममा सबै वक्ताहरुले राष्ट्र ,राष्ट्रियता, प्रजातन्त्र उदारवाद भन्ने पार्टीको मुल नारालाई आत्मा साथ गर्दै सबै स्थानीय तहहरुमा एक ढिक्का राष्ट्रबादी शक्ति एक भएर लाग्नुपर्नैमा जोड दिनुभएको थियो । सोहि अवसरमा राष्ट्रिय प्रजातान्त्र पार्टीमा स्थापनाको चरणदेखि नै कटिबद्ध भएर लाग्नुभएका ११ जना पार्टीका अगुवाहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै नेपाली काँग्रेस र नेकपा परित्याग गरि राप्रपा प्रवेश गर्नुभएका ३ जना महानुभावलाई फुलमाला र खाँदा लगाएर पार्टी प्रवेश गराईएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्