रमेश पौडेल । काठमाण्डौ । केहि समय अगाडि अमेरिकाबाट फर्केका उमेश केसीको उन्कै श्रीमती सुदिक्षा गिरीले काठमाण्डौको टोखामा हत्या गरेकी छिन् । हत्या पश्चात सुदिक्षाले पनि आत्महत्या गरेकी छिन् । गोगंबुबाट केहि माथि टोखा जाने ठाँउको हाउजिगंमा बस्दै आएकी सुर्खेतका सुदिक्षा गिरीको अमेरिकाबाट श्रीमान् आएपछि विवाद हुदै आएको थियो । श्रीमती सुदिक्षाले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन् ।
काठमाडौं प्रहरीका डिएसपी प्रमिश विष्टले घटनाबारे आफूहरुले शुक्रवार राति करिब ९ बजेतिर खबर पाएर घटनास्थल पुग्दा श्रीमान् उमेश गिरीको शन ओछ्यानमा भेटिएको थियो भने श्रीमती सुदिक्षाको शव पनि झुण्डिएको अवस्थामा फेला परेको थियो । श्रीमान्को शवको नजिकै मसला पिन्ने सिलौटा भेटिनु, उमेशको कानबाट रगत बगेको भेटिनुले सिलौटो प्रहारबाट मृत्युभएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ साथै कोठा भित्रबाट बन्द भएकोले अरु कसैले भन्दा पनि आपसी विवादले गर्दा हत्या पश्चात आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको र विस्तृत विवरण पोष्टमार्टम रिर्पोट आएपछि प्राप्त हुने प्रहरी अधिकारीको भनाई रहेको छ ।
खबर लगत्तै घटनास्थल पुगेको प्रहरी आवश्यक प्रकृया पुरा गरि शवहरुलाई पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगंज पठाएको छ ।








