चुनावको तयारीमा लाग्न देउवाको आग्रह

  • ख-
  • ख+

रमेश पौडेल । काठमाडौं । धनगढीमा पुगेर शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछु भनेको भोलिपल्ट नेपाली कांग्रेसका सभापति एवंं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव हुने भयो भने नेपाली कांग्रेसले मात्र हैन नेकपा प्रचण्ड माधब समुहले पनि भाग लिने बताउनुभएको छ साथै वहाँले केपी ओलीले चुनाव गराउछु भनेर चुनाव गराएनन् भने सडकबाट जनताले केपी ओलीको जरो उखेल्ने बताउनुभएको छ । उक्त भनाई देउवाले संसद विघटनको विरोधमा काठमाडौं जिल्ला क्षेत्र ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै भन्नुभएको हो ।
प्रधानमन्त्री के पी ओलीको कदम संविधान विरोधी भए पनि नेपाली कांग्रेसले अदालतमा विचाराधिन भएको बिषयमा अदालतलाई यो गर र त्यो गर भनेर निर्देशन नदिने बताउनुभएको थियो । नेपाली कांग्रेस प्रजातन्त्र र कानुनमा विश्वास गर्ने भएकोले अदालतको निर्णय पर्खनुपर्ने बताउनुभएको थियो ।
नेपाली कांग्रेसमा प्रधानमन्त्री केपी शर्मा ओलीको संविधानसभा विघटन गर्ने विषयमा विवाद भईरहदा देउवाको यो भनाईलाई कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले सन्तुलित भनेका छन् एकथरिले देउवा चुनाव पश्चात नेपाली कांग्रेसले बहुमत ल्याउन सक्ने भएकोले अहिलेदेखि सत्ताको सपना देखिरहेको अभिव्यक्ति भनिरहेका छन् । कार्यक्रममा देउवाले प्रधानमन्त्री केपी ओली पनि प्रचारमा निस्किसकेकोले ढिलो चाँडो चुनाव हुनेमा आफु विश्वस्त रहेको बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?