कांग्रेस र कम्युनिष्ट परित्याग गरि कमल थापाको शरणमा पुगे तनहूगें

  • ख-
  • ख+

नेपालमा राजतन्त्र फर्काउनु पर्ने, हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने माग राखेर गणतन्त्र आएदेखि लागिपरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले पछिल्लो समय आफ्नो आन्दोलनलाई तिब्र बनाईरहनुभएको छ । हाल सत्ता संचालन गरिररहेका दलहरुप्रतिको वितृष्णाको कारणले पनि हुनसक्छ वहाँको पार्टीमा मानिसहरुको आर्कषण बढिरहेको छ । यसैक्रममा शुक्ला गण्डकी नगरपालिकाको दुलै गौडा, खैरेनीटार र भिमाद नगरापलिका क्षेत्रका यम बराल, मनोज घिमिरे, सुमन श्रेष्ठ, सीता वाग्ले, विशाल श्रेष्ठ लगायत १० जना युबाहरु राप्रपा प्रवेश गर्नुभएको छ ।
पार्टी प्रवेश गर्ने युवाहरुलाई केन्द्रिय सदस्य एवं युवा नेता राजेन्द्र अधिकारीले खादा र अविर लगाई पार्टीमा स्वागत गर्नुभएको थियो । उक्त अवसरमा केन्द्रिय सदस्य अधिकारीले लोकतन्त्र ल्याएर देशको मुहार फेर्छौ भनेर सत्ता सम्हालेका दलहरुले जनतालाई निराशा, भ्रष्टाचार, चरम असन्तुष्टि बाहेक केहि नदिएको हुनाले हाम्रो दलले समातेको सांस्कृतिक धरोहर राजसंस्था, हिन्दुधर्म र उदारताको सिद्धान्त मन पराएर राप्रपा प्रवेश गर्ने क्रम बढिरहेको र राप्रपाले नै देशको भलो गर्ने बताउनुभएको थियो ।
शुक्लागण्डकी नगरपालिकाको दुलैगौडामा भएको कार्यक्रममा पार्टी प्रवेश गर्ने युवाहरुले नेपालमा सक्रिय पार्टीहरुमा लागेका व्यक्तिहरुमा पनि देशप्रतिको चिन्ता रहेकोले वहाँहरु पनि राप्रपामा आउनुपर्ने सुझाव दिनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?