१० करोडको लगानीमा दमौलीमा होटल खुल्दै

सर्वज्योति
  • ख-
  • ख+

तनहूँ । तनहूँको दमौलीमा १० करोडमा निर्माण भएइको सुविधा सम्पन्न होटल संचालनमा आउन लागेको छ । पृथ्वी राजमार्ग सडक खण्डको दमौली बजारबाट पोखरा जाने बाटोमा व्यास ५ कन्टारमा उक्त होटल संचालनमा आउन लागेको हो । लामो समयदेखि होटल ब्यावसायमा संलग्न तुलसीराम पाण्डेले संचालन गर्न लागेको उक्त होटल भाईरल मानुहँ डाँडाको फेदिमा संचालनमा आउन लागेको हो ।
होटलका प्रत्येक कोठामा एसिको सुविधा, प्रत्येक कोठाबाट बाहिरको मनोरम दृश्यहरु देख्न सक्ने गरि आर्कषक बरण्डा, सभा, पार्टीको लागि हलको व्यवस्था, अर्गानिक खानाको व्यवस्था रहेको छ । होटलले वास बस्न आउने तथा मनोरम दृश्य हेरेर रमाउन आउने पाहुनाको सुविधा र स्वास्थ्यलाई ख्याल राख्दै आफ्नै फार्ममा खसि , बोका,, माछा र लोकल कुखुरा पालन गरेको छ भने पाहुनाहरुले आफ्नो ईच्छा अनुसार रोजेर काटेर खान पाउने पनि व्यवस्था गरेको छ । १७ रोपनि जग्गामा फैलीएको होटलले आत्मनिर्भर बन्नुपर्छ र पाहुनालाई आफ्नै उत्पादन ख्वाउनुपर्छ भन्दै होटलले तरकारी खेति गरेर आफ्नै फार्मको तरकारी ख्वाउने व्यवस्था गरेको छ ।

(होटल संचालक तुलसीराम पाण्डे)

”निकट भविष्यमा स्विमिगं पुल निर्माण गर्नेदेखि र बालक, बृद्धदेखि सबै उमेरमा पाहुनाको लागि मन लोभ्याउने वातावरणमा निर्माण गरिएको” संचालक तुलसीराम पाण्डेको भनाई रहेको छ ।

”दमौली क्षेत्रमा स्तरिय होटलहरुको अभाव पुर्ति गर्न संचालनमा ल्याउन लागिएको होटलमा काठमाण्डौ पोखराका होटलहरुमा उपलब्ध हुने सेवा र सुविधाहरु उपलब्ध हुने’‘ संचालक तुलसीराम पाण्डेले बताउनुभएको छ ।

होटलबाट मादि नदि, सुन्दर पतेनी, कन्टार मानहूँकोट, दमौली बजारका दृश्यहरु देख्न पाईन्छ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?