केपी ओलीको प्रसिद्धिले आत्तिएका समुहले पार्टी फुटाएः मन्त्री रायमाझी

  • ख-
  • ख+

तनहूँ । प्रधाामन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंगको घोषणा गरि नयाँ ताजा जनादेशमा जाने निर्णय गरेसगै नेकपा सगैं सिगों देश नै दुई ध्रुवमा विभाजित भएको हो । नेकपा प्रचण्ड माधब समुहले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक कदम भन्दै सडकमा जानुभएको छ भने नेपाली कांग्रेस चुनावको तयारी गर्ने कि यो कदमलाई असंवैधानिक भनेर सडकमा मा जाने भन्ने अलि दोधारमा छ त्यसैक्रममा नेकपा ओली समुह तनहूँले सोमवार तनहूँको दमौलीमा बृहत कार्यकर्ता भेलाको आयोजना गर्यो । कार्यक्रमको प्रमुख अतिथि तत्कालिन माओवादीका प्रभावशाली नेता तथा वर्तमान सरकारका उर्जा , जलश्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी रहनुभएको थियो । वहाँले ‘प्रधानमन्त्री केपीको कदमको सर्मथन गर्दै दशकौ पार्टीमा आफ्नै मात्र हालिमुहाली चलाउनु पर्ने र आफ्ना समकक्षी कसैलाई पनि प्रगति गरेको देखिनसहने प्रचण्ड, आफुसग चुनाव लड्दा पार्टीमा विजयी भएको व्यक्तिलाई हटाउनै पर्ने माधब नेपालको अडान र पद मोहका कारण प्रधानमन्त्रीले प्रतिनिधिसभाको विघटन गर्नुपर्ने बाध्यतात्मकारी कदम उठाउनु परेको’ बताउनुभएको थियो । त्यसैक्रममा पार्टीका स्थायी कमिटिका सदस्य रायमाझीले ‘देश र जनताको लागि सोच्ने केपी ओलीको लोकप्रियता देखेर, केपी ओलीले राम्रो काम गर्यो भने त आफ्नो राजनितिको दोकान बन्द हुने देखेर पुष्पकमल दाहाल र माधब नेपालले आत्तिएको कारण पार्टी फुटको चरणमा पुर्याएको’ बताउनुभएको थियो । कार्यक्रममा वहाँले ‘आफुसग बहुमत छ भन्दै वहाँहरुले देखाउनुभएको धेरै हस्ताक्षर अरु कुनै प्रायोजनको लागि लिएको भनेर संसद तथा केन्द्रिय सदस्यहरुले बेलाबेलामा भनेको’ बताउनुभएको थियो ।
कार्यक्रमका बिशिष्टि अतिथि गण्डकी प्रदेशका मुख्य मन्त्री एवं स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुगंले मन्तव्य राख्दै ‘बर्षौसम्म पार्टी हाँक्ने नेताहरुको सत्ताको लोभ र अरुको प्रगति देखि नसहने प्रवृतिले गर्दा पार्टीमा दुर्घटना भएको र कार्यकर्ताहरुले मन थामेर पार्टीलाई बचाउनुपर्ने’ बताउनुभएको थियो ।
कार्यक्रमका अर्का बिशिष्ट अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री एवं स्थायी कमिटी सदस्य किरण गुरुगंले ‘अहिले नेकपाबाट फुटेका साथीहरुले सिद्धान्त , बिचार लडाई हैन भागवण्डाको कारण फुटेको र देशलाई समृद्धितर्फ लैजान खोज्दा केपी ओलीलाई गलत्याएर निकाल्न खोजेको ‘ बताउनुभएको थियो । उक्त कार्यक्रममा केन्द्रिय सदस्य एवं पुर्वमन्त्री खगराज अधिकारीले ‘कार्यकर्तालाई भ्रममा नपरिकन केपी ओलीको नेतृत्वमा चुनावमा जान कस्सिएर लाग्न आग्रह’ गर्नुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा प्रवेश गर्ने ५५ जना युवाहरुलाई प्रमुख अतिथि रायमाझीले फुलमाला र दोसल्ला ओढाई स्वागत गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?