किन बढ्दैछ एउटा मात्रै बच्चा जन्माउने चलन ?

  • ख-
  • ख+

तपाईं कतिजना भाइबहिनी हुनुहुन्छ र ? यो प्रश्न सायद हामीले दैनिक जीवनमा धेरैपटक सामना गरेका हुन्छौं र कतिलाई सोधेका पनि हुन्छौं ।

आफ्ना समवयीहरुबाट हामीले प्रायः पाउने जवाफ हुन्छ- हामी दुई भाइबहिनी हौं, हामी तीनरचार भाइबहिनी हौं आदि आदि ।

आफू बुवाआमाको एकमात्र सन्तान हुँ र मेरो पनि एकमात्र बच्चा छ भन्ने जवाफ सायद निकै कम मान्छेबाट आउँछ हामीकहाँ ।

तर यदि तपाईं अमेरिका वा युरोपका कुनै देशमा बस्नुहुन्छ भने एक मात्र सन्तान अर्थात् सिंगल चाइल्ड हुने कुरा आम रुपमा सामान्य बनिसकेको छ ।

वास्तवमा अमेरिका तथा युरोपका विभिन्न देशहरुमा पछिल्ला केही वर्षमा ‘वान चाइल्ड एण्ड डन’ अर्थात् एउटा बच्चा, अब पुग्यो भन्ने ट्रेण्ड बढिरहेको छ ।

ती पश्चिमा देशहरुमा अधिकांश विवाहित मानिसहरु एकभन्दा धेरै बच्चा जन्माउन चाहँदैनन् ।

क्यानडाको ओन्टारियोमा बस्ने ३१ वर्षीया जेन डाल्टन पहिले चारजना बच्चा जन्माउन चाहन्थिन् र यसका लागि उनले पूरै तयारी पनि गरेकी थिइन् ।

तर सन् २०१८ मा उनकी छोरी जन्मिएको ठीक दुई महिनापछि जेन र उनका पतिको अब दोस्रो बच्चा नजन्माउने निधो गरे । अर्थात् उनीहरुले एक बच्चा, बस पर्याप्त अर्थात् वान चाइल्ड एण्ड डनको नीति अंगीकार गर्ने निर्णय गरे ।

तथापि यस्तो निर्णय गर्ने डाल्टन एक्ली महिला होइनन् ।

युरोपमा बालबच्चा भएका दम्पतीमध्ये ४९ प्रतिशत दम्पतीको केवल एकजना मात्रै बच्चा छ । त्यस्तै क्यानडामा एकमात्र बच्चा हुने परिवारको संख्या बढेर ४५ प्रतिशतमा पुगेको छ, जुन सन् २००१ मा ३७ प्रतिशत थियो ।

त्यस्तै सन् १९७६ मा १० प्रतिशत अमेरिकी महिलाको एकमात्र बच्चा रहेकोमा २०१५ मा बढेर १८ प्रतिशत पुगेको थियो ।

एकमात्र बच्चाको पक्षमा तर्क

इलभ बलम यलथि स् तजभ ाचभभमयm या जबखष्लन बल यलथि अजष्मि तथा त्जभ वयथ या दभष्लन यलभ जस्ता पुस्तकका लेखक तथा खोज पत्रकार लरेन स्याण्डलरका अनुसार उनी आफ्ना बच्चालाई लिएर निकै आशक्त थिइन् । तर उनलाई आफ्नो करिअर पनि निकै मनपर्ने विषय थियो । त्यसैले उनले एकजना मात्र बच्चा जन्माउनु सही बाटो भएको ठहर गरिन् ।

एक अध्ययन अनुसार अमेरिकामा दुईवटा बच्चाको पालनपोषणमा औषतमा करीब ३ लाख डलर खर्च हुन्छ, जसमा कलेजको शैक्षिक शुल्क सामेल छैन ।

त्यस्तै बेलायतमा एउटा बच्चाको लालनपालनमा करिब २ लाख डलर खर्च हुन्छ भने अष्ट्रेलियामा एक लाख सात हजार डलर ।

क्यानडाको क्यालगरीमा बस्ने २५ वर्षीया भिक्टोरिया फाहेलाई जलवायु परिवर्तनको पनि चिन्ता छ । उनी भन्छिन्, ‘स्रोत साधनका लागि लडाइँ हुनेछ । म चाहन्छु कि मेरा सन्तानलाई पानी कहाँ पाइएला भन्ने कुराको चिन्ता कहिल्यै पनि नहोस् ।’

एउटा मात्र बच्चा जन्माउने निर्णय लिनुमा आर्थिक कारण पनि छन् ।

युरापमा बच्चा जन्मिएपश्चात् महिलाहरुको पारिश्रमिकमा औसत ३।६ प्रतिशतको गिरावट देखिएको छ । अमेरिका जस्ता देशमा पनि एउटा अध्ययनले के देखाएको छ भने बच्चा नभएका महिला कर्मचारी र दुई वा तीनजना बच्चाकी आमा रहेकी महिला कर्मचारीको पारिश्रमिकमा १३ प्रतिशतको अन्तर रहेको छ ।

बेलायतको कर्नवालमा बस्ने ३३ वर्षीया लारा बेनेटका अनुसार एउटा मात्रै बच्चाको कारण उनी एक असल पार्टनर बन्न सक्छिन् । एउटा मात्रै बच्चा भयो भने निकै आरामसँग साथीहरुसँग सप्ताहन्तमा वा विदाका क्रममा घुम्न जान सकिन्छ । साथै आफ्नो पार्टनर समेत आफ्ना साथीहरुसँगै जाँदा पनि यसका लागि कुनै समस्या हुनेछैन ।

सामाजिक दबाब

विश्वका विभिन्न ८६ वटा देशमा गरिएको अध्ययन अनुसार पहिलो बच्चा जन्मिएको एक वर्षसम्म आमाबुवा निकै खुसी हुन्छन् । तर दोस्रो बच्चा जन्मिएसँगै उनीहरुको खुसी आधाले घट्ने र तेस्रो बच्चा जन्मिएपछि त खुसी सबै सकिने गरेको अध्ययनको निष्कर्ष छ ।

यद्यपि कतिपय देशहरुमा अहिले केवल एउटामात्रै बच्चा जन्माउने चलन बढिरहेको छ, तथापि एकभन्दा धेरै बच्चा जन्माउने सामाजिक दबाब दम्पतीहरुमा पर्ने गरेको देखिन्छ ।

अधिकांश अभिभावकहरुको गुनासो हुने गर्छ कि उनीहरुमाथि परिवारका अन्य सदस्यदेखि सडकमा हिँड्ने अपरिचित मानिसहरुबाट समेत एकभन्दा धेरै बच्चा जन्माउनका लागि दबाब आउने गर्दछ ।

जो माता पिताले एउटा मात्रै बच्चा जन्माउँछन् उनीहरुले अन्य मानिसमात्र नभई आफैंलाई पनि यो विश्वास दिलाउनु पर्दछ कि यसो गरेर आफूले ठीक गरिरहेको छु।

बीबीसी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्