लोक तथा दोहोरी गायक पृथ्वी भुजेलको नयाँ म्युजिक भिडियो सार्वजनिक

  • ख-
  • ख+

तनहूँ । लोक तथा दोहोरी गायक पृथ्वी भुजेलको नया लोक दोहोरी गीत पछेउरी ओढौलाको म्युजिक भिडियो सार्बजनिक भएको छ। बिशेष गरि गाँँउमा लाहुरे आउदा उसको घरमा रमाइलो गर्ने, गित गाउने परम्पराको कथालाइ गितले देखाउन खोजेको छ। त्यो संगै रोदि घरमा रमाइलो गर्दाको अबस्थामा एक अर्कालाइ माया गर्नेहरु भागेर बिहे गरेको कथालाइ पनि गीतले देखाउन खोजेको छ। उक्त गितमा लोक तथा दोहोरी गायक पृथ्वी भुजेलको आफ्नै शब्द तथा संगीत रहेको छ भने पृथ्वी भुजेल , सरु श्रेष्ठ, र सन्तराज बि. क.को आवाज रहेको छ। गीतमा चर्चित मोडल अनु पराजुली, पृथ्वी भुजेल र साजन मग्रातिको अभिनय रहेको छ। बिपिन क्षेत्रीद्वारा छायांकन गरिएको उक्त गितमा गोपाल थापाको निर्देशन रहेको छ भने प्रेम भुजेलको श्रृगांर रहेको छ। त्यसै गरि गितमा डोलराज बार्हघरे मगरको संगित संयोजन रहेको छ। मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गितमा सुमन रानाद्वारा रेकर्ड गरिएको हो भने खुमन रानाको ध्वनि संयोजन रहेको छ। तनहुको प्रसिद्ध होम स्टे कुलुङ होम स्टेमा छायांकन गरिएको उक्त गितले बजार ब्यबस्थापन गरेको छ।
यसभन्दा अगाडी पनि थुप्रै गितहरु गाउनुभएका तनहूँ जिल्ला व्यास नगरपालिका वडा नंं १ स्थायी वासिन्दा पुथ्वी भुजेलको यस गीत र म्युजिक भिडियो निकै राम्रो बनेको कारण श्रोता तथा दर्शकहरुले निकै मन पराउने वहाँको उक्त भिडियो व्यग्रताका साथ प्रतिक्षा गरि हेर्नुभएका व्यास १० का सुमन तिमल्सेनाको भनाई रहेको छ ।
(भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्