तनहूँ । व्यास नगरपालिका वडा नं. १ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पस अन्र्तगतको शहिद चन्द्र नेपाली छात्रावासलाई तिमल्सेनाबन्धुहरुले खाद्यान्न सहयोग गर्नुभएको छ । तनहूँ जिल्लाको तत्कालिन रिस्ति गाविस बाहुनपोखराबाट व्यास नगरपालिकाका विभिन्न वडामा बसोबास गर्नुहुने तिमल्सेनाबन्धुहरु आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष ब्रम्हदत्त तिमल्सेना, रामजीप्रसाद तिमल्सेना, सूर्य तिमल्सेना, मदन तिमल्सेना, र गोविन्द तिमल्सेनाले छात्रावासमा बस्ने छात्राहरुलाई सहज होस् भन्ने मनसायले चामल, दाल, तेल लगायतका खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गर्नुभएको छ । छात्रावासकी प्रमुख कल्पना लम्साललाई उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै तिमल्सेनाबन्धुहरुले बिद्यार्थीहरुलाई दमौलीक्षेत्रमा छात्रावासको अभाव भईरहेको अवस्थामा आदिकवि क्याम्पसले छात्रावास संचालन गरेर जिल्लावासीलाई गुन लगाएकोले सहयोग सामाग्री हस्तान्तरण गरेको बताउनुभएको थियो ।
उक्त अवसरमा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेको पनि उपस्थिति रहेको थियो । उक्त अवसरमा छात्रावास प्रमुख लम्सालले पहिलोपटक छात्रावासलाई यस प्रकारको सहयोग आएकोले आफु खुशी भएको बताउनुभएको थियो । उक्त छात्रावासमा २६ जना छात्राहरु बस्दै आएका छन् ।












