विप्लवद्धारा आन्दोलनको घोषणाः माघ १० गते नेपाल बन्द

  • ख-
  • ख+

काठमाण्डौ । नेपाल सरकारले नेत्र बिक्रम चन्दको नेकपा माओवादीलाई २०७५ साल २८ गतेबाट प्रतिवन्ध लगाएपछि उक्त पार्टीका ठुला ठुला नेताहरु समातिएका छन् त्यसैक्रममा नेपाल प्रहरीको विशेष ब्युरोले बिहीबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उच्च तहका नेता धर्मेन्द्र बाँस्तोला कञ्चनसहित नेता विवेक कुमाल र रोजन रखाललाई पक्राउ गरेको थियो ।

आफना नेताहरु पक्राउ परेपछि नेकपा विप्लवले सरकार विरुद्ध ५ दिने आन्दोलनको घोषणा गरेको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै ५ दिने आन्दोलनको घोषणा गर्नुभएको हो ।
विप्लवद्धारा जारी विज्ञप्तिमा माघ ३ गते देश व्यापी विरोध जुलुस, माघ ५ गते विरोधसभा, माघ ७ गते विरोध प्रदर्शन, माघ९ गते मसाल जुलुस र अन्तिम दिन माघ १० गते नेपाल बन्दको घोषणा गरिएको छ ।
सरकारले समूहमाथि दमन गरेको बताउँदै
विज्ञप्तिमा नेपाल सरकारले दमन गरेको र ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो भनिएको छ ।
बाँस्तोला विप्लव समूहको पश्चिम कमाण्ड इञ्चार्ज, सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समेत हुनुहुन्छ भने कुमाल उक्त समुहको सेती महाकाली ब्युरोको नेता हुनुहुन्छ ।

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि समूहले मकवानपुर जिल्लाका विभिन्न भागमा पार्टीको गतिविधि बढाएको सुरक्षा संयन्त्रको विश्लेषण सहित हिडेको टोलीले वहाँहरुलाई गिरफ्तार गरि ललितपुर प्रहरीको हिरासतमा राखेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्