तनहूँमा आक्रामक रुपमा संगठन बिस्तार गर्दै राप्रपा

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, शुक्ला गण्डकी नगर समितिको सक्रियतामा मनोज घिमिरेको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक युबक संगठन शुक्ला गण्डकी नगर कार्य समिति गठन गरिएको छ ।
नव गठित कार्य समितिको उपाध्यक्ष सुरेन्द्र थापा, सचिव सुमित पौडेल, कोषाध्यक्ष बिबश घिमिरे हुनुहुन्छ । उक्त समितिले नगरपालिका क्षेत्रमा राम्रो काम गरि राप्रपाले अंगालेको राजतन्त्र र हिन्दुराष्ट्रकोनारालाई जनताको मन मनमा पुजर्नताजगी ल्याउने काम गर्ने राप्रपाका जिल्ला अध्यक्ष विनोद घर्तिले विश्वास लिनुभएको छ , हाम्रा सम्वाददातासग कुरा गर्दै घर्तिले तनहूँ जिल्ला सचेत नागरिक र देशप्रेमले ओतप्रोत नागरिक बसेको हुनाले चाडै नै राप्रपाको बाटोमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।
शुक्ला गण्डकी नगर समितिका अध्यक्ष अध्यक्ष नारायण खनाल र राप्रपाका स्थानिय नेता यम बरालको सकृयतामा उक्त समिति गठन गरिएको हो ।

उक्त अवसरमा महिला केन्द्रिय सदस्य रामकुमारी भुषाल, राप्रपा तनहूँका पूर्व अध्यक्ष कृष्ण प्रसाद पौडेल, जिल्ला उपाध्यक्ष सीता थापा जिल्ला र सचिव हितमान कायस्थ लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?