दमौलीका बैंक तथा वित्तिय संस्थाहरुले शोषण गरेको ऋणीहरुको गुनासो

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको दमौली र त्यस वरपर संचालित बैंक तथा वित्तिय संस्थाहरुले शोषण गरेको ऋणीहरुको गुनासो गर्नुभएको छ । उहाँहरुले आर्थिक समस्या परेका मानिसलाई फकाई फकाई अनेकन् प्रलोभन देखाई ऋण दिने अनि असुलीको बेला अनेकन डर, धम्कि , त्रास दिईरहेको बताउनुभएको छ । ”आफुहरुले बैकबाट लिएको ऋण तिर्ने तर ऋण लिने बेलामा मासिक किस्ता जति रुपैया तिर्नुपर्छ भनेको हो त्यति रुपैया तिर्ने ” पनि बताउनुभएको छ ।
बैकहरुले कसैको घरको भैसी फुकाल्ने कुनै बैककको शाखा प्रमुखले ऋण तिर्न नसेके नागैं हिड्नु भन्दै धम्कि दिएपश्चात प्रमुख जिल्ला अधिकारी , व्यास नगरपालिकाका प्रमुखलाई ज्ञापन पत्र बुझाउनु भएका उहाँहरुले ”हामी ऋण नतिर्ने भनेका छैनौ तर हामी सोझासाझालाई हिजो महिनाको यति रुपैया तिरे यति बर्षमा सकन्छ भनेर ऋण दिने अनि अहिले उनीहरुले भनेको भन्दा बढि ऋण तिरिसक्दा पनि डर, त्रास, धम्कि देखाउनु कहाँसम्मको न्याय होला ?”  भन्नुभएको छ । प्रमुख जिल्ला अधिकारी र व्यासका प्रमुखलाई ज्ञापन पत्र बुझाउदै उहाँहरुले ”ऋण तिर्ने तर सहज वातावरण बनाईदिन” पनि आग्रह गर्नुभएको थियो ।
उक्त समुहमा रहेका महिला तथा पुरुष बैंक तथा वित्तिय संथाको डरले नाम खुलाउन नचाहेपनि बिशेष गरि दमौली र यस्को वरपर संचालित बैक, बिकास बैकहरुले गरेको अन्यायप्रति सबैले साथ दिन आग्रह गर्नुभएको छ ।

ज्ञापन पत्र बुझाउनेको समुहमा ऋण र्ति नसकेकर दमौलीको बंकले भैसी फुकालेर लगेको बताउने महिला, छोराले ऋण लिएर अरब गएको अहिले घरमा बसिरहेकी एक्ली बुढी आमालाई घरबाट निकाल्छु भन्दै बैकको शाखा प्रमुखले थर्काएको बुढि महिला, बैकको हाखा प्रमुखले पैसा तिर्न नसक्ने भए लुगा नलगाईकन नागैं हिड्नु भनेको बताउने महिला तथा पुरुषले बैकको नामै तोकर प्रतिक्रिया दिनुभएको छ ।

”ऋण लिएका छन् भन्दैमा यस्तो दुर्व्यवहार गर्न मिल्छ ?” भनेर दमौलीका एक बैंकका शाखा प्रमुखसग जिज्ञासा राख्दा आफ्नो र बैकको नाम नाम नछाप्ने सर्तमा ”धेरै जसो ऋण लिने बेलामा सित्तैमा पाईयोझै ऋण लिने धेरै छन् अनि हामी कर्मचारी त हो कि ऋण लगानी उठाउनु पर्यो कि जागिर छोड्नु परयो, माथिको दिनरात धम्कि सहिरहनुपर्छ अनि हामीले ऋणीलाई नपेलेर के गर्नु त ? कि ऋण उठाउ कि सडक जाउ आफु सडकमा पुग्नुभन्दा ऋण लिने सडकमा पुगे पुग्छन् के गर्नु त ? ” भन्नुभएको थियो ।

पछिल्लो समय सरकारको गलत नीति, बैंकहरुको बढि आम्दानी गर्ने होडबाजीले बिशेष गरि साना उद्योगी व्यवसायी तथा बिशेष गरि कृषि अनुदानमा ऋण लिनेहरु मर्कामा परेको धेरैको छ । ”सरकारले ३ प्रतिशतमा ऋण दिने भन्यो, मान्छेले खुशी भएर ऋण लियो सरकारले अनुदान दिन नै सकेन अहिले १४, १५ प्रतिशत व्याज तिर्नुपर्छ यो त शोषण नै हो हुन त ।” वहाँको भनाई छ ।

https://www.facebook.com/100080247432812/videos/1134627187700976

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्