भिरबाट खसेर वेपत्ता पर्यटक महिलाको शव फेला

सर्वज्योति
  • ख-
  • ख+

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ मिर्सा भन्ने ठाउँको भिरबाट खसेकी २१ वर्षिया पर्यटक  पिया जुसको शव फेला परेको छ ।

पोखरा फर्कने क्रममा शनिबार साँझ अर्का एक पर्यटकले आफ्नो जर्मन केटी साथी भिरबाट खसेको भन्ने जानकारी गराएपछि नेपाल सशस्त्र प्रहरीकाे  २४ नं. कालिका गण कास्कीबाट उनको खोजी तथा उद्धारको लागि सुरक्षा फौज परिचालन भएको थियो ।

खोज तथा उद्धारको क्रममा आईतबार बिहान उनको शव रुखमा अड्किएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएकाे छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्