पाेखरामा माछा मार्ने क्रममा वेपत्ता मध्ये एककाे शव फेला, अर्काकाे खाेजी जारी

सर्वज्योति
  • ख-
  • ख+

कास्कीकाे पोखरा महानगरपालिका – १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता एकजना युवकको शव फेला परेकाे छ । पाेखरा – १ कसेरी बस्ने मंगा तामाङ्गकाे शव शसस्त्र प्रहरीकाे टाेलीले फेला पारेकाे जनाएकाे छ ।

४० बर्षका मृतक  तामाङ्ग सहित ५ जना माछा मार्न गएकाे बताइएकाे छ । ढुङ्गामा अड्किएको अवस्थामा  कालिका गण पाेखरा कास्कीबाट गएको गोताखोर र बिपद् उद्धार टिम सहितको फौजले गए राती पौने १ बजे उनकाे शव निकालेको हाे ।

सोही ठाउँ बस्ने ४३ बर्षका रक्सेस तामाङ्गको गोताखोर र बिपद् उद्धार टिमले खोजी कार्य जारी राखेको पनि शसस्त्र प्रहरीले जनाएकाे छ । शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरा पठाएको छ । माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन् । घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेकाे र यसबारे अनुसन्धान भइरहेकाे बताइएकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्