चितवन । त्रिभुवन विश्वविद्यालयमा ३० वर्ष प्राध्यापन गरेका प्रा. डा. सूर्यमणि अधिकारीको जन्मजयन्तीकाे अवसर पारेर उनकाे व्यक्तित्व र कृतित्व बारे प्रकाश पार्ने उद्देश्यले प्रकाशित पुस्तक सार्वजनिक गरिएकाे छ । उनकाे स्मृतिमा स्थापना भएकाे संस्था प्रा. डा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानकाे आयाेजनामा साे कार्यक्रम सम्पन्न भएकाे हाे ।
प्रमुख अतिथि वरिष्ठ इतिहासविद्ध प्रा. डा. त्रिरत्न मानन्धरले चितवनको भरतपुरमा आयाेजित उक्त कार्यक्रममा प्रा. डा. सूर्यमणि अधिकारी व्यक्तित्व र कृतित्व नामक पुस्तक सार्वजनिक गरेका हुन् । त्यसैगरी कार्यक्रमका विशेष अतिथिहरुमा पूर्व शिक्षामन्त्री शेषनाथ अधिकारी र त्रिविका पूर्व रजिष्टार भिमराज अधिकारी थिए । अथितिहरूमा चितवनका प्रतिष्ठित तथा प्रवुद्ध व्यक्तित्वहरु रहेका थिए ।
साे कार्यक्रमकाे संचालन आयाेजक संस्थाका सचिब सहप्राध्यापक महेश प्रसाद अधिकारीले गरेका थिए । स्वागत मन्तब्य प्रतिष्ठानका उपाध्यक्ष प्रा. डा. देबीप्रसाद कॅडेलले र डा. इश्वरीराज लौडारीले प्रा. डा. अधिकारीको ब्यक्तित्व माथि प्रकाश पारेका थिए । पुस्तकको समिक्षा प्रा. डा. कर्णबहादुर बानियॅाले गरेका थिए ।
कार्यक्रमकाे सभापतित्व प्रा. डा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानकी अध्यक्ष इन्दिरा अधिकारी कोइरालाले गरेकी थिइन् ।प्रा. डा. अधिकारीका इतिहास, दर्शन, साहित्य, भाषाविज्ञान र राजनीतिक विषयका १८ वटा पुस्तक प्रकाशन छन् भने १ सय २० भन्दा बढी अनुसन्धानमुलक लेख विभिन्न जर्नलहरूका छापिएका छन् । प्रतिष्ठानले उनको नाममा स्थापित पुरस्कारबाट नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्राज्ञ जगमान गुरुङलाई ५० हजार राशी र ताम्रपत्रले सम्मान गरिसकेको छ ।
वि.सं.२००५ मङ्सिरमा तनहुँको मिर्लुङ बाहुनडाँडामा जन्मिएका अधिकारी पोखरा महानगरपालिकाको पहिलो पक्की घर बनाउने प्राविधिक र चितवन जिल्लाको पहिलो विद्यावारिधि गर्ने व्यक्ति हुन् । २०६३ जेठ २ गते ५८ वर्षको उमेरमा क्यान्सर रोगका कारण उनको निधन भएको थियो । तीन छोराबुहारी अमेरिकामा रहे पनि छोरी इन्दिरा अधिकारी कोइरालाले आफ्ना पिताका नाममा प्रतिष्ठान स्थापना गरेर सूर्यमणिका योगदानलाई समाजमा स्थापित गर्ने जमर्को गरेकी हुन् ।








