पोखरा । प्रकृति-मानव केन्द्रित जन अभियान नेपालको छैठौं राष्ट्रिय सम्मेलन पुस १९ र २० गते पोखरामा सम्पन्न भएको छ। सम्मेलनमा देशभरबाट आएका दुई सयभन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाउँदै वातावरणीय संकट समाधानका लागि नयाँ नेतृत्व चयन र दीर्घकालीन रणनीति निर्माण गरेका छन्।
सम्मेलनले सर्वसम्मतिबाट विन्दुराज सापकोटाकाे नेतृत्वमा ९१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। जसमध्ये १४ जना पदाधिकारीहरू सहित ३३ जनाकाे सचिवालय निर्वाचित गरेकोे छ। नवनिर्वाचित पधाधिकारीहरु अध्यक्ष सापकोटासहित वरिष्ठ उपाध्यक्षमा राजन के.सी., उपाध्यक्षहरूमा भुवनेश्व र मण्डल, नरबहादुर भण्डारी, मायाँ के.सी., शिवराज आचार्य, टेकराज पौडेल, आमोश चौधरी , महासचिवमा घनश्याम सुवेदी, सचिवहरूमा डा. माया गिरी, भिमा देवी खनाल, पूर्ण बहादुर के.सी.र कोषाध्यक्षमा डोलराज अर्याल रहेका छन् ।
सम्मेलनले वातावरणीय संकट, जलवायु परिवर्तन, र मानवीय चुनौतीहरूको समाधानका लागि पोखरा घोषणापत्र २०८१ जारी गर्ने निर्णय गरेको छ। घोषणापत्रले वातावरणीय संरक्षण, दिगो विकास, र मानव-प्रकृति सहअस्तित्वका लागि मार्गनिर्देशन गर्ने अपेक्षा रहेको छ। देशका विभिन्न जिल्लाबाट २०० भन्दा बढी प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियोे । राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथि संविधानसभा सदस्य हेमराज भण्डारी र भारतीय अतिथि आर.के. मेघालय, सज्जन कुमार , धनकुटा नगरपालिका उपप्रमुख भिमा देवी खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सम्मेलनकाे अध्यक्षता संस्थाका अध्यक्ष कृष्णप्रसाद गाैतम र उपाध्यक्ष बिन्दुप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सम्मेलनले मानवता र प्रकृतिको सहअस्तित्व सुनिश्चित गर्न सामूहिक प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।








