मोरङ । उपचारका क्रममा एक कैदीको शनिबार मोरङमा मृत्यु भएकाे छ । जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका बेलबारी नगरपालिका-४ का ६७ वर्षीय अम्मरबहादुर राईको पुस २० गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि शनिबार उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएका राईको उपचारका क्रममा मृत्यु भएकोे कारागारका जेलर गौरव ढुङ्गेलले बताए।
श्वासप्रश्वाससम्बन्धी समस्या भएका र नियमित औषधि सेवन गरिरहेका राईको उपचारका क्रममा मृत्यु भएको जेलर ढुङ्गेलले जानकारी दिए।
जिल्ला अदालत मोरङले राईविरुद्ध हाडनाता करणी शीर्षकमा १४ वर्ष कैद सजायको फैसला गरेको थियो ।
राईले ०८७ साल जेठ ५ गतेसम्म कैद भुक्तान गर्नुपर्ने थियो । सजाय भुक्तानकै क्रममा उपचारका क्रममा मृत्यु भएको जेल ढुङ्गेलकाे भनाइ छ।
राईको शव कोशी अस्पतालको शवगृहमा राखिएको र परिवारका सदस्यले पुस २१ गते बुझ्ने बताइएको छ ।








