सुन गोहोरो सहित दुईजना पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डाैं । दुर्लभ जनावर सुन गोहोरो सहित दुईजनालाई नेपाल प्रहरीले सोमबार बिहान बिराटनगरबाट पक्राउ गरेकाे छ । मोरङकाे बिराटनगर महानगरपालिका-१३ स्थित कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरूमा सुनसरीकाे बर्जु गाउँपालिका-१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन् ।

जतुवाबाट खटिएको प्रहरीले भारतबाट बिराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त सुन गोहोरो सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी डिभिजन वन कार्यालय मोरङ पठाइएको प्रहरीले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?