पोखरा । पोखरामा आयोजना गरिने गण्डकी कोटिहोम महायज्ञको लागि फागुन २३ गते शुक्रबार भूमिपूजन कार्य गरिने भएको छ ।
मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाद्धारा २०८२ बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुन लागेको कोटिहोम विराट ज्ञान महायज्ञको लागि भूमिपूजन गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति काठमाडौं नेपालले दिएको शुभ साइत अनुसार शुक्रबार विहान १० बजेर २१ मिनेटमा कोटिहोम महायज्ञको लागि पूर्व मोहडा गरि भूमिपूजन गरिने छ ।
कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजी महाराजका अनुसार भूमिपूजन महायज्ञ स्थल वाराहीघाट लेकसाइडमा गरिने छ ।









