श्री गण्डकी कोटिहोम महायज्ञको भूमि पुजन बुधबार वैशाख ३ मा

सर्वज्योति
  • ख-
  • ख+

पाेखरा । पोखरा विराैटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमि पुजन बुधबार बैशाख ३ गते गरिने भएको छ ।                                              अहिले गत चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा विविध कार्यक्रमसंगै श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ । गत चैत्र २९ गतेदेखि नेपालको कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले कथा प्रवचन गरिरहेकी छन् ।
बैशाख ३ गते बुधवार बिहान भूमि पूजनसंगै मूल यज्ञ कुण्ड खन्ने साइत पनि रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । उक्त दिन सहभागीताको लागि पनि आयोजकले सम्पूर्ण भक्तजनहरुलाई पनि आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्