गण्डकी कोटिहोमका लागि भूमि पुजन र यज्ञ कुण्ड तयार

सर्वज्योति
  • ख-
  • ख+

पाेखरा । पोखराकाे विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण कार्य सम्पन्न भएको छ ।

कोटिहोम महायज्ञको लागि गत महिना २३ गते तय भएको स्थानमा भूमि पुजन सम्पन्न गरेतापनि विविध कारणले कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो । पोखरा ६ को लेकसाइड क्षेत्रको बाराहीघाटमा स्थान परिवर्तन गर्नुपरेका कारण बाराहीघाटमा बिहान क्षमा पुजन सम्पन्न भएको छ ।

त्यस्तै पुनः महायज्ञ सञ्चालन हुने श्री शिद्धेश्वर हरिहर मन्दिरको भूमीमा बुधबार बिहान ठीक ११ बजेर १ मिनेटमा भूमि पुजन गरिएको छ । नेपाल पञ्चाङ्ग विकास समिति नेपालले दिएको उत्तम साइतमा नै भूमि पुजनको कार्य सम्पन्न भएको छ । त्यस्तै यज्ञ कुण्ड पनि खनिएको छ । बुधबार ११ः११ बजे विधिवत रुपमा यज्ञ कुण्ड खनिएको हो ।

आज भएको उक्त भूमि पुजन कार्यक्रममा विभिन्न स्वामी , पोखरा महानगरपालिका १७ का अध्यक्ष राधिका शाही,वार्ड नं. १७ मा रहेका विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधी अनि आमा समूहका प्रतिनीधिहरुको उपस्थित रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्