पाेखरामा हुने कोटिहोम महायज्ञमा कथा प्रवचनका लागि शितलकृष्ण महाराज र सुप्रिया किशोरीको आगमन

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । पाेखरा १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा नेपालका दुई चर्चित कथावाचक तथा वाचिकाको आगमन भएको छ । भागवत कथावाचनको क्षेत्रमा निकै लोकप्रिय कथा वाचक आचार्य श्री शितल कृष्ण जी महाराज र लोकप्रिय प्रवचनकर्ता सुप्रिया किशोरीको आगमन भएको छ ।                                                                               आचार्य श्री शितल कृष्ण जी महाराजले बैशाख ४,५ र ६ गते विभिन्न विषयमा प्रवचन राख्ने कार्यक्रम रहेको आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । त्यस्तै सुप्रिया किशोरी जी ले पनि कोटिहोम महायज्ञमा भोलिदेखि नियमित रुपमा विभिन्न बिषयमा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।

२०८२ साल बैशाख १७ गतेदेखी सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा अहिले पोखरा १७ बिरौटा,प्रगतीटोलमा गत चैत्र २९ गतेदेखि वाल बिदुषी अनुराधा पाण्डेय ज्यूले श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छन् । उनको भोलि बिदाईको कार्यक्रम पनि रहेको छ । साथमा भोलि नै चर्चित कथा वाचिका देवी प्रतिभाको पनि आगमन रहने कार्यक्रम रहेको छ ।                                                                               

अहिले कार्यक्रममा भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ । त्यस्तै कार्यक्रममा देश विदेशका सन्त,महन्त लगायत जनप्रतिनिधी लगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुको पनि उपस्थित रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्