तनहुँमा गैडाकोट र चितवन माडिका २ युवा अमेरिकन पेस्तोल र गोलीसहित पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट ‘मेड इन युएसए’ लेखिएको पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त पेस्तोल गोली १ राउण्ड र म्याग्जिन १ थानसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका–७ गौरी नगर बस्ने ३२ वर्षिय बिजय तिवारी रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?