डुम्रेका मानकाजी श्रेष्ठ रास्वपाको समानुपातिकतर्फ गण्डकी प्रदेशका प्रारम्भिक उम्मेदवारमा परे (सूचीसहित)

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको डुम्रे बजारका व्यवसायी मानकाजी श्रेष्ठ रास्वपाको समानुपातिकतर्फ गण्डकी प्रदेशका प्रारम्भिक उम्मेदवारमा परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत गण्डकी प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गर्ने क्रममा तनहुँको डुम्रे बजारका श्रेष्ठका नाम पनि समावेश गरेको छ । रास्वपाले श्रेष्ठलाई आदिवासी जनजाति कोटामा छनौट गरेको छ ।
त्यसैगरि रास्वपाले तनहुँकै बुद्दिबहादुर पन्तलाई पनि दलित कोटामा गण्डकी प्रदेशबाट समानुपातिक उम्मेदवार छनोट गरेको छ ।

रास्वपाका अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने भएकाले सूचीमा समावेश उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न पार्टीले अनुरोध गरेको छ ।
यसैगरी, थप जानकारीका लागि सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न तथा कुनै कारणवश कसैको नाम सूचीमा छुटेको भए पनि प्रदेश सभापतिमार्फत जानकारी गराउन उम्मेदवार छनोट समितिले आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?