तनहुँ । । तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी सरुवा भएका छन् । अधिकारीलाई गृह मन्त्रालयले सिन्धुपाल्चोक जिल्लामा सरुवा गरेको छ । त्यसैगरि अधिकारीको ठाउँमा भोजपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत शिवलाल तिवारी आउने भएका छन् । गृह मन्त्रालयले तनहुँ लगायत ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १३ जना सहसचिवको सरुवा गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको सरुवा गरेका हुन् ।
मन्त्रालयले केहि दिन अघि विभिन्न मन्त्रालयबाट सरुवा भएर गृह मन्त्रालय भित्रिएका ७ जना सहसचिवमध्ये ६ जनालाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने सहसचिव शशिकुमार घिमिरेले कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।









