चोरीनिकासी गर्न लागिएको ५८ क्यूबिक काठ प्रहरीको नियन्त्रणमा

  • ख-
  • ख+

जनकपुरधाम । सर्लाही प्रहरीले चोरीनिकासी गर्न लागिएको ५८.४० क्यूबिक काठ नियन्त्रणमा लिएको छ ।

जिल्लाका हरिपुर नगरपालिका १ स्थित जानकीनगरमा को २ त ८४९६ नम्बरको ट्याकटरमा लोड गरी राखेको उक्त काठ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार सालको ७ वटा गोलिया र २६ वटा चिरेको काठ ट्याक्टरमा लोड गरेको पाइएको छ ।
उक्त काठलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि वन डिभिजन कार्यालय लालबन्दी सर्लाहीमा बुझाएको कुँवरले बताए । ( अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?