रमेश पौडेल । काठमाडौं । नेपाल सरकारका खानेपानी मन्त्री मणि थापा कोरोना भाईरसबाट संक्रमित हुनुभएको मन्त्री थापाको सचिवालयले जनाएकोछ । विहीबार वहाँको स्वाबको नमूना परीक्षण गर्दा वहाँमा संक्रमण पुष्टि भएको हो ।
केहि दिन अगाडि थापाको छोरीको स्वाव परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । तत्पश्चात् मन्त्री थापासहित वहाँको सचिवालयका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
मन्त्री थापाको स्वास्थ्य सामान्य रहेको र निवासमै आराम गरिरहेको उनवहाँको सचिवालयले जनाएको छ ।
केहिदिन अगाडि ऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि कोरोना संक्रमित हुनुभएको छ र वहाँ पनि निवासमै बसिरहनुभएको छ ।








