पोखरा । गण्डकी प्रदेशमा पनि कोरोनाको कारण मृथ्यु हुनेको संख्या बढेको बढ्यै छ । पोखरामा उपचाररत थप ३ जना कोरोनाका विरामीको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार मृत्यु हुनेहरु रुपन्देही, म्याग्दी, र दाङ जिल्लाका हुनुहुन्छ ।
रुपन्देही उपमहानगरपालिका बुटवलका ३२ वर्षका युवाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको छ भने म्याग्दी जिल्लाको को बेनी गाउँपालिका वडा नं. २ का ७३ वर्षीय पुरुषको आज दिउसो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।
त्यसैगरि मृत्यु हुने अर्को व्यक्ति दाङको लमही ५ का ४४ वर्षीया महिला हुनुहुनछ । उहाँको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यसअघि आज नै पोखरामा ४ जना संक्रमितको मृत्यु भईसकेको छ। योसँगै गण्डकी प्रदेशमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २ सय ४८ पुगेको छ ।








