कोरोनाबाट मुटु रोग विशेषज्ञ ४२ वर्षीय डा. सुवेदीको निधन

  • ख-
  • ख+

काठमाण्डौ। मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोरोना संक्रमणका कारण निधन भएको छ । काठमाडौंस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका संस्थापक रहेका ४२ वर्षीय डा. सुवेदीको आइतबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका डा. अमृत भुसालका अनुसार बिरामीको उपचारकै क्रममा उहाँलाई २५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा १० दिनसम्म उहाँको उपचार गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि डा. सुवेदीलाई थप उपचारका लागि ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।
उहाँको एक हप्तादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । दुईदिन अघि परीक्षण गर्दा भने उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित इमाडोल घर भएका डा.सुवेदीका श्रीमती र एक छोरी हुनुहुन्छ।

डा. सुवेदीले सन् २०१० मा बंगलादेशबाट एमबीबीएस र कार्डियोलोजीमा विशेषज्ञता हासिल गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?