मौद्रिक नीतिमा विशेष सहुलियतका कार्यक्रम ल्याउन व्यवसायीहरुको माग

  • ख-
  • ख+

काठमाडौं । विभिन्न क्षेत्रका व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिमा विशेष सहुलियतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । मिडिया इन्टरनेशनलले बुधबार आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले मौद्रिक नीतिमा व्यवसायीलाई विनो धितो ऋणको व्यवस्था गर्नुपर्ने माग राखेका हुन् ।
कार्यक्रममा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का खुमबहादुर सुवेदीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट राम्रो हुँदा हुँदै पनि टानले भने स्वागत गर्न नसकेको बताए । उनले बजेटले पर्यटन क्षेत्रका श्रमिकका समस्यालाई छुन नसकेकोे उल्लेख गरे ।

कोरोना महामारीका कारण शिथिल बनेको नेपालको पर्यटन व्यवसाय पूर्ण रुपमा सुचारु हुन एक वर्ष लाग्ने उनको भनाइ छ । ‘सरकारले पर्यटन व्यवसायलाई उच्च रुपमा हेर्नुपर्छ । तर बजेटमा सहुलियतपूर्ण ऋणलाई समेटिएन । ट्याक्स क्लिरियन्स र ट्रेकिङ एजेन्सीको सिफारिसमा श्रमिकलाई पनि ऋण उपलब्ध गराउनुपर्छ । यहि अवस्था रहेमा नेपालको पर्यटन व्यवसाय उठ्न एक वर्ष लाग्ने देखिन्छ ।’ उनले भने ।
मौद्रिक नीतिमा नयाँ व्यवसायीलाई लोन प्रवाह गर्ने व्यवस्था हुनुपर्ने बताउदै उनले भने ‘व्यावसायीको हकहितमा मौद्रिक नीति आओस् । ट्याक्स क्लिरेन्स गरेको आधारमा विना धितो २५ लाखसम्म एक वर्षका लागि ऋण पाउने व्यवस्था गर्नुपर्छ’ ।
उनले सम्पूर्ण नेपालीले भ्याक्सिन लगाउनुपर्ने भन्दै नेपाललाई जति सक्दो चाँडो रेड जोनबाट हटाउने गरि काम गर्नृुपर्ने बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंका उपाध्यक्ष माधव खरेलले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले पुनर्कर्जाको विषय सोचे अनुरुप आउन नसकेको बताए ।

उनले कोरोना महामारीका बीचमा पनि अहिले सरकारलाई कर चाहिएकोले निषेधाज्ञा खुल्ला गर्नतर्फ लागेको भन्दै खण्डन समेत गरे ।
‘लकडाउन असारमा खुल्ला गर्ने भन्ने छ । भोलीको दिनमा करको ताकेता गर्न लकडाउने खोल्ने चरणमा पुगेको छ । सरकारलाई कर चाहिएको अवस्था छ’ उनले भन ।
खरेलले तत्काल सरकारले खोपको व्यवस्था, गरिबलाई राहत, सानो व्यवसायको व्याजको समस्या पूरा गरेर मात्रै निषेधाज्ञा खोल्न आग्रह गरे । कर्मचारी तलबमा सरकारले ५० प्रतिशत व्यहोर्नुपर्ने उनको माग छ ।

उनले अब आउने मौद्रिक नीतिले साना व्यावसायीलाई उद्धार गर्नुपर्ने बताउदै उनले भने ‘२ करोडसम्म कारोबार गर्ने व्यवसायीलाई ५० प्रतिशत अनुदानमा ऋण दिनुपर्छ । भन्सारमा छुट गर्ने, करको दायर कम गर्ने, स्वदेशी व्यवसायलाई दिगो बनाउका लागि सरकारले एक वर्ष प्राटिस गर्नुपर्छ’ उनले आफनो धारणा राख्दै भने ।

ब्युटिसियन व्यवसायी मेनुका सिवाकोटीले कोरोनाका कारण ब्युटिसियन व्यवसाय नै धरासायी बनेको उल्लेख गदसरकारले ब्युटिसियन व्यवसाय सुरक्षित तरिकाले खोल्ने व्यवस्था मिलाउनु पर्ने माग राखिन् ।

कार्यक्रममा राज्य दैनिकका अध्यक्ष एवं कर्पोरेटका सम्पादक सरोज ओझा र आयोजक संस्था मिडिया इन्टरनेशन नेपालका अध्यक्ष माधव निर्दोष र अब आउने मौद्रिक नीतिले व्यवसायीलाई राहत मिल्ने खालका कार्यक्रम समेट्नुपर्नेमा जोड दिए । कार्यक्रममा संचारकर्मी टेकराज पाण्डेले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्