विद्यालय तहका पाठ्यपुस्तकमा पुरानै नक्सा छाप्नेलाई सोधियो स्पष्टीकरण

  • ख-
  • ख+

काठमाण्डौ । विद्यालय तहका पाठ्यपुस्तकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश नगरेपछि प्रकाशकलाई स्पष्टीकरण सोधिएको छ।

पाठ्यक्रम विकास केन्द्रले असार १ को निर्देशनअनुसार नयाँ नक्सा भएको पुस्तक मात्रै विक्रीवितरण गर्न भनेको थियो।

उक्त निर्देशनको अवज्ञ गरेर पुरानै नक्सा समावेश गरिएका पुस्तक बजारमा ल्याइएको अनुगमनबाट भेटिएकोले केन्द्रले फेरि प्रकाशक तथा विक्री वितरकहरूलाई सचेत गराएको छ।

‘त्यस्ता पुस्तक, प्रकाशकहरूको नाम सार्वजनिक गरी कारवाहीको प्रक्रिया अगाडि बढाइने व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ,’ केन्द्रले भनेको छ।

अनुगमनका क्रममा कक्षा २, ३ र ६ मा पुरानै पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक विक्री वितरण भएको पाइएको पनि उल्लेख छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्