महोत्तरीबाट एक महिनादेखि बेपत्ता युवतीको शव भेटियो

  • ख-
  • ख+

जनकपुरधाम । एक महिनादेखि बेपत्ता भएकी महोत्तरीकी एक युवतीको शव गाडिएको अवस्थामा फेला परेको छ । लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन् ।

उनको शव घर नजिकैको पेट्रोल पम्प छेउमा दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले जानकारी दिए ।

‘सुजिताको शव गाडिएको विशेष सूचनाको आधारमा उक्त ठाउँमा उत्खनन् गर्दा शव फेला परेको छ,’ उनले भने, ‘तर शवको डीएनए परीक्षण गर्न बाँकी छ ।’ शव फेला परेपछि यस विषयमा थप अनुसन्धान शुरु गरिएको डीआईजी रञ्जितकारले बताए ।

सुजिताको हत्या आशंकामा प्रहरीले यसअघि १३ असारमा उनका पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्