जन्मोत्सवको अवसरमा अजित पन्थद्धारा असहाय बालबालिकालाई सहयोग

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नंं ३ निवासी ३० बर्षिय युवा व्यवसायी अजित पन्थले असहाय, बेसहाराहरुलाई सहारा दिईरहेको व्यास १० मा रहेको उज्यालो घरलाई सहयोग गर्नुभएको छ । पन्थले आफ्नो जन्मदिनको अवसर पारेर ८ जना बालबालिकाहरुले आश्रय लिईरहेको ऊक्त घरमा २ बोरा चामल, १ बोरा दाल, १ कार्टुन तेल, १ दर्जन लुगा धुने साबुन, १ दर्जन नुहाउने साबुन, १ दर्जन चियापत्ती, १ दर्जन फुटबल र एउटा मोवाईल सेट प्रदान गर्नुभएको हो । समाजसेवामा रुचि राख्ने पन्थले जन्मदिनमा पार्टी खर्च गरेर मनाउनुभन्दा आवश्यकता भएकाहरुलाई दिएर मनाउन श्रीमती लक्ष्मीले प्रोत्साहन गरेको कारणले पनि बालबच्चाहरुलाई सहारा दिईरहेको उज्यालो घरमा आएर सानो सहयोग गरेको उहाँले बताउनुभएको थियो ।
पन्थल उक्त घरका बालबालिकाहरुको साथमा जन्मोत्सव मनाउन केक पनि काट्नुभएको थियो । बालबालिकाहरुले उहाँको दिर्घायुको कामना गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्