विश्वकै दुर्लभ रोग लागेका बालक उस्मानलाई आर्थिक सहयोग गर्दै टिम नेपो तनहूँ

  • ख-
  • ख+

तनहूँ । विश्वकै दुर्लभ रोग मध्येको एसएमए(स्पाइनल मस्कुल एट्रोफी) बाट पिडीत तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ निवासी ९ महिने बालक उस्मान अलिको उपचारका लागी टिम नेपो तनहूँले आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष मिन कुवरको नेतृत्वमा गएको टोलीले उस्मानको उपचारका लागी आर्थिक सहयोग संकलन गरिरहेका सुदिप गफ्फारलाई ६ हजार ३ सय रुपैया हस्तान्तरण गर्नुभएको छ ।
र्सस्थाले उपचारमा सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरेको टिम नेपोका निवर्तमान अध्यक्ष गोविन्द तिमल्सेनाले बताउनुभयो । टिम नेपोले नेपालका विभिन्न जिल्लाहरुमा जनचेतना फैलाउनुका साथै विभिन्न समयमा राहत तथा आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?