पुलबाट खसेर ३२ बर्षिय पुरुष बेपत्ता

  • ख-
  • ख+

गोरखा । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१ सामागाउँको खङ्सारस्थित घ्याल्बो खोलामा काठे पुल तर्ने क्रममा लडेर एक व्यक्ति बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सोही ठाउँका स्थानीय ३२ बर्षका धावा रेतर लामा रहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो करिव चार बजे ग्याला लेकमा घोडा चराएर घर फर्कने क्रममा काठेपुल तर्दै गर्दा उनी चिप्लिएर खोलामा खसेका थिए ।
खोजतलास गर्दा नभेटेपछि आफन्तहरुले आइतबार बिहान प्रहरीलाई खबर गरेका छन् । खबर पाएलगत्तै खोजीका लागि सामागाउँ प्रहरीचौकीबाट टोली खटिएको छ । स्थानीय वासिन्दाको सहयोगमा बेपत्त युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताए ।

उक्त खोला मनास्लु तालबाट बगेको ठाडो खोला रहेको र घटनास्थलदेखि करिव एक सय मिटर तल बुढीगण्डकी नदीमा मिसिएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्