तनहूँमा आज ९ जनामा कोरोना पुष्टि

  • ख-
  • ख+

तनहूँ । । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९१६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १८२ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ९३ सहित म्याग्दीका ३ जना, पर्वतका १० जना, लमजुङका ५ जना, तनहूँका ९ जना, बाग्लुङका १६ जना, स्याङ्जाका ३४ जना र नवलपुरका १२ जना गरी प्रदेशका ८ जिल्लामा ८९ पुरुष तथा ९३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८१ हजार ९९२ पुगेको छ। पछिल्लो २४ घण्टामा २६९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७७ हजार ५७९ पुगेको छ ।

गण्डकीमा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३ सय १ पुगेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्