काठमाडौं महानगरका वडा सदस्य २ लाख रुपैयाँ घूससहित पक्राउ

  • ख-
  • ख+

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर–१४ का वडा सदस्यलाई कलंकीको खसी बजारस्थित एक होटलबाट घूस लिँदालिँदै पक्राउ गरेको छ ।

सोमबार दिउँसो आयोगबाट खटिएका कर्मचारीले सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिँदै गर्दा वडा सदस्य बसन्त महर्जनलाई पक्राउ गरेको हो ।

जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण-पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग महर्जनले घूस माग गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोग प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सदस्यलाई थप अनुसान्धानको लागि नक्सालस्थित आयोगको कार्यालयमा ल्याइँदै छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्