वन कार्यालय तनहूँका प्रमुख अनियमितता बारे समाचार लेख्ने पत्रकार फकाउन गाउँपालिका अध्यक्ष प्रयोग गर्दै

  • ख-
  • ख+

तनहूँ । नेपालमा भ्रष्ट्राचार सम्बन्धित समाचार लेख्ने पत्रकारहरुलाई समाचार नलेख्न आग्रह गर्दै लोभ लालच देखाउने अनेकन घटना बाहिरिरहेका बेला तनहूँका एउटा कार्यालयका प्रमुखले नयाँ तरिका अपनाउनु भएको छ । जुन कुराको तनहूँको देवघाट गाउँपालिकाका अघ्यक्ष दुर्ग बहादुर थापाले दर्जनौ पत्रकारहरुको बिचमा खुलाशा गर्नुभएको छ । सर्वज्योति साप्ताहिक (www.sarbajyoti.com) मा प्रकाशित ”एउटा विरुवा रोप्दा २ हजार ६१ खर्चः डिभिजन वन कार्यालय तनहूँको मिलेमतोमा देवघाटमा वृक्षरोपणमा ठुलो चलखेल” शिर्षकको समाचार प्रकाशित भएपछि डिभिजन वन कार्यालय तनहूँका प्रमुख कोमलराज काफ्लेले ”पत्रकार माधब पौडेललाई भेटेर कुरा मिलाउन गाउँपालिका अध्यक्ष थापासग आग्रह गर्नुभएको” थापाले बताउनुभएको छ । वन कार्यालय प्रमुख काफ्लेको त्यसरी आग्रह गर्दा आफुले ”उक्त वृक्षारोपणको योजनामा गाउँ पालिकाको कुनै संलग्नता नरहेको, आर्थिक कारोवारमा आफु र आफ्नो कार्यालय संलग्न नभएकोले किन भेट्ने ? ” भनेर प्रश्न गरेको बताउनुभएको थियो । उक्त अवसरमा उहाँले ”पत्रकार माधब पौडेलसग त्यसबारेमा तपाई प्रमाणका साथ समाचार प्रकाशित गर्दै गर्नुस् आफुले बाधा अवरोध नगर्ने, त्यसबारेमा कुरा मिलाउन तपाईसग भेटघाट गर्ने आफ्नो कुनै मनसाय नभएको” बताउनुभएको थियो ।

भाद्र ३१ गते बिहिवार सर्वज्योति साप्ताहिक (www.sarbajyoti.com) मा देवघाट गाउँपालिकाको वडा नं. ५ को देवघाट धार्मिक क्षेत्रको सडक किनारमा वृषारोपण गर्दा १० लाख खर्च गरिएको र जम्मा ४८५ विरुवा वृक्षारोपण गर्दा ठुलो आर्थिक चलखेलको आशंका रहेको समाचार प्रकाशित भएको थियो । उक्त दिन सम्बन्धित बिषयमा डिभिजन वन कार्यालय तनहूँका कार्यालय प्रमुख कोमलराज काफ्लेसग सम्पर्क गर्दा ”उक्त स्थानमा स्थानिय सरकार वडा कार्यालय तथा देवघाट गाउँपालिकासग समन्वय गरेर वृक्षारोपण गरिएको हुनाले को को छन् आफुलाई थाहा नभएको र त्यहाँ बदमासी गरेको भए त्यहाँका स्थानिय निकाय, त्यहिका उपभोक्ता समितिले गरेको , त्यहाँ त्यस्तो केहि बदमासी भएको रहेछ भने फेरि चिठ्ठी काटेर पठाउने ” बताउनुभएको थियो ।

वृक्षारोपणको नाममा एउटै बिरुवा रोप्दा हजारौ रुपैया खर्च गर्नु र अनुगमन गर्ने कर्मचारी फिल्डमा खटिदा सन्तोषजनक काम नदेखिईकन अनुगमन पास हुनुमा डिभिजन वन कार्यालय तनहूँ र सब डिभिजन कार्यालय देवघाटको पुरापुर मिलेमतो देखिएकोमा लामो समयसम्म चुप लाग्नु र सर्वज्योति साप्ताहिक (www.sarbajyoti.com) मा समाचार प्रकाशित भएपश्चात पत्रकारलाई भेटेर कुरा मिलाउनुस् भनेर गाउँपालिकाको अध्यक्षसग आग्रह गर्नुलाई त्यहाँ छुट्याईएको बजेटमा ठुलै चलखेल भएको आशंकालाई अझ बल मिलेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्