कोरोनाका कारण तनहूँकी १ महिलाको मृत्यु

  • ख-
  • ख+

तनहूँ । कोरोना भाइरसको संक्रमणका कारण तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ की ७३ वर्षीया महिलाको म‌गलबार मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको महिलाको उपचारका क्रममा मृत्यु भएको हो । उहाँसगै पोखराका अन्य अस्पतालहरुमा उपचारको क्रममा थप २ जनाको मृत्यु भएको छ ।

कास्कीको पोखरा २५ की २४ वर्षीया महिलाको सोमबार गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

पोखरा १२ का ७५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।

३ जनाको मृत्युसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३६० पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्