बाँदर लखेट्न गएकी महिलालाई बलात्कार गर्न खोज्ने गुरुङ पक्राउ

  • ख-
  • ख+

तनहूँ । बाँदर लखेट्न गएको मौका छोपी महिलालाई जबरजस्ती करणी गर्न खोज्ने १ जनालाई इलाका प्रहरी कार्यालय देवघाटले पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवघाट गाउँपालिका वडा नं. १ कोटाका मेख बहादुर गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ।

आरोपित गुरुङले स्थानीय एक ३९ वर्षीया महिलालाई गत शुक्रबार बिहान करिब ८ बजेको समयमा नजिकैको कडवेला खोलामा बाँदर लखेट्न गएको मौका पारेर जबरजस्ती करणी गर्ने प्रयास गरेको पिडित महिलाले बताएका छन्। पिडित महिलाले इलाका प्रहरीका कार्यालय देवघाटमा आरोपित गुरुङका विरुद्ध उजुरी दिएपछि तत्कालै प्रहरीले पक्राउ गरि ल्याईएको प्रहरी कार्यालयका इन्चार्ज सुशील लामिछानेले जानकारी दिए।

साथै जबर्जस्ती करणीको प्रयास गर्ने आरोपित गुरुङलाई यौन हिंसा ऐन बमोजिमको हदैसम्म कारबाहीको माग गर्दै देवघाट ईलाका प्रहरी कार्यालयमा पीडित पक्षले जाहेरी दिएको बताए।

पक्राउ परेका आरोपितलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय आँबुखैरेनीमा पठाईएको पनि प्रहरीले जानकारी दिएको छ। (ईच्छाकामना न्युज)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्