भन्सारमा स्कुटर दुर्घटनाः पालुङटारका २४ बर्षिय देवकोटाको मृत्यु

  • ख-
  • ख+

तनहूँ । पालुङटार नगरपालिका वडा नं ४ वट्डाँडाका सुवर्ण देवक‍ोटाको स्कुटर दुर्घटनामा मृत्युु भएको छ। डुम्रे बेशिशहर सडकखण्ड अन्तर्गतको भानु नगरपालिका वडा नं १ भन्सारमा बसको ठक्करबाट देवकोटाको मृत्यु भएको हो । एउटै दिशाबाट आईरहेको स्कुटरलाई बसले करिब ३.२५ बजेको समयमा ठक्कर दिदा २४ बर्षका देवकोटाको मृत्यु भएको हो ।
बस चालक, बस र दुर्घटनाग्रस्त स्कुटर प्रहरी नियन्त्रणमा रहेको जिल्ला ट्राफिक कार्यालय तनहूँका प्रमुख डोलिन्द्र बहादुर हमालले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?